Logo
Logo

देउवाको स्वागतका लागि विमानस्थलमा उपस्थित हुन नेता-कार्यकर्तालाई महतको आह्वान


4.3k
Shares

काठमाडौं । नेपाली कांग्रेसका पूर्वप्रवक्ता डा। प्रकाशशरण महतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किने क्रममा स्वागतका लागि उपस्थित हुन नेता–कार्यकर्ताहरूलाई आह्वान गरेका छन् ।

The current image has no alternative text. The file name is: deuwa.jpg

काठमाडौंको बसुन्धारामा शनिवार नुवाकोट-१ का अगुवा कार्यकर्ताहरूको भेलालाई सम्बोधन गर्दै महतले पूर्वसभापति देउवाको स्वागतका लागि त्रिभुवन विमानस्थलमा उपस्थित हुन नेता–कार्यकर्ताहरूलाई आह्वान गरेका हुन् ।

महतले पूर्वप्रधानमन्त्री देउवा २६ गते बेलुका ९ः४५ बजे नेपाल आउने तय भए पनि सबैलाई सहज हुने गरी दिउँसोको समय मिलाउने प्रयास भइरहेको बताए पनि बताए । ‘अहिलेसम्म देउवा आउने पूर्वनिर्धारित कार्यक्रम २६ गते ९ः४५ बजे नै छ,’ उनले भने, ‘तर, सबैलाई सजिलो होस् भनेर हामी सकेसम्म दिउँसोको समय मिलाउने कोसिस गरिरहेका छौँ ।’

जेनजी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा परी घाइते भएका देउवा १३ फागुनको राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर गएका थिए । उनी ७ चैत २०८२ मा सिंगापुरबाट थप उपचारका लागि भन्दै हङकङ पुगेका थिए ।

कांग्रेसको संस्थापन इतर समूहले २९ साउनदेखि काठमाडौंमा आयोजना हुन गइरहेको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने बताएको छ । उक्त समूहले भेलाको तयारीका लागि पूर्वमहामन्त्री डा। शशांक कोइरालाको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्