Logo
Logo

एक्सट्रिमको ‘स्क्यानमा सुन’ अभियानका ३ भाग्यशाली विजेतालाई सुनको बल हस्तान्तरण


0
Shares

काठमाडौं । एक्सट्रिम इनर्जी ड्रिंकले विश्वकप फुटबल २०२६ को अवसरमा सञ्चालन गरेको ‘स्क्यानमा सुन’ अभियान सफलतापूर्वक सम्पन्न भएको घोषणा गरेको छ ।

अभियानअन्तर्गत लक्की ड्रमार्फत छनोट भएका तीन जना भाग्यशाली विजेतालाई शुक्रबार काठमाडौंस्थित भाटभटेनी सुपरमार्केट, कलंकी परिसरमा आयोजित विशेष समारोहबीच सुनको बल हस्तान्तरण गरिएको हो ।

अभियानअन्तर्गत पहिलो विजेता प्रमेश केसी, दोस्रो विजेता तिप्सिका राणा तथा तेस्रो विजेता सबिना थापालाई जनही ३.५ तोला सुनको गोल्डेन बल प्रदान गरिएको छ ।

विश्वकप फुटबलको रोमाञ्चलाई नेपाली उपभोक्तासँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको ’स्क्यानमा सुन’ अभियानमा देशभरबाट १ लाख २० हजारभन्दा बढी उपभोक्ताको सहभागिता रहेको थियो। एक्सट्रिम इनर्जी ड्रिंकको क्यानमा रहेको क्यूआर कोड स्क्यान गरी उपभोक्ताहरू लक्की ड्रमा सहभागी भएका थिए ।

पुरस्कार ग्रहणपछि तीनै जना विजेताहरूले एक्सट्रिम इनर्जी ड्रिंकप्रति आभार व्यक्त गर्दै कम्पनीले आगामी दिनमा पनि यस्तै नवीन, आकर्षक तथा उपभोक्तामुखी अभियानहरू सञ्चालन गरिरहोस् भन्ने अपेक्षा व्यक्त गरेका थिए ।

सोही समारोहमा एक्सट्रिम इनर्जी ड्रिंक र भाटभटेनी सुपरमार्केटको सहकार्यमा सञ्चालन गरिएको विशेष बाइक उपहार योजनाको लक्की ड्रसमेत सार्वजनिक गरिएको थियो। उक्त योजनाअन्तर्गत समिर चन्द्र शर्मा पौडेल भाग्यशाली विजेताका रूपमा घोषित भएका छन् ।

एक्सट्रिम इनर्जी ड्रिंकले उपभोक्ताबाट प्राप्त उत्साहजनक सहभागिता र विश्वासप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सिर्जनात्मक, प्रविधिमैत्री तथा उपभोक्तामुखी अभियानहरू सञ्चालन गर्दै नेपाली उपभोक्तालाई नयाँ अनुभव प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

एक्सट्रिम इनर्जी ड्रिंक नेपाली बजारमा युवा पुस्तामाझ लोकप्रिय इनर्जी ड्रिंक ब्रान्डका रूपमा स्थापित हुँदै आएको छ। खेलकुद, मनोरन्जन तथा उपभोक्ता सहभागितामूलक अभियानमार्फत ब्रान्डले आफ्ना ग्राहकसँग अझ सशक्त सम्बन्ध निर्माण गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्