Logo
Logo

रौतहटमा नुहाउन गएका तीन बालबालिका पानीमा डुबेर बेपत्ता


0
Shares

काठमाडौँ । रौतहटको लालबकैया नदीमा नुहाउन गएका तीन बालबालिका पानीमा डुबेर बेपत्ता भएका छन् ।

रौतहटको देवाही गोनाही नगरपालिका–२ लक्ष्मीनियास्थित लालबकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका डुबेर बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा सोही ठाउँका शेख अमरे आलमका १० वर्षीय छोरा मोहम्मद रहमतुल्लाह, शेख खुरसेदकी १० वर्षीय छोरी रौशन खातुन र शेख ओसी अख्तरकी १० वर्षीया छोरी सवनम खातुन रहेका छन् ।

उनीहरू मंगलबार दिउँसो करिब २ बजे नदीमा नुहाउन पसेका बेला डुबेर बेपत्ता भएको स्थानीयबासीले बताएका छन् । उनीहरू बेपत्ता भएको खबर प्राप्त भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले अहिले खोजी गरिरहेको सशस्त्र प्रहरी बल रौतहटले जनाएको छ ।

घटनापछि सशस्त्र प्रहरी सुरक्षा बेस देवाहीबाट ७ जना र इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट ९ जनाको टोली खोजी तथा उद्धारका लागि परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्