Logo
Logo

ह्युन्डाई नेपालद्वारा ‘मेड इन नेपाल’ भेन्यु र भेन्यु एन लाइन सार्वजनिक


441
Shares

काठमाडौं । नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘मेड इन नेपाल’ ह्युन्डाई भेन्यु र भेन्यु एन लाइन सार्वजनिक गरेको छ ।

नयाँ डिजाइन, उन्नत प्रविधि, उत्कृष्ट प्रदर्शन र सुरक्षालाई प्राथमिकतामा राखेर ल्याइएको नयाँ भेन्युले कम्प्याक्ट एसयूभी सेग्मेन्टमा नयाँ अनुभव दिने कम्पनीको दाबी छ ।

‘मेड इन नेपाल’ भेन्यु आकर्षक र सशक्त एसयूभी डिजाइनमा उपलब्ध छ । यसमा ट्विन हर्न एलईडी डीआरएल, होराइजन एलईडी रियर ल्याम्प, पावर्ड टिल्ट एन्ड स्लाइड सनरुफ तथा १०.२५ इन्चको इन्फोटेनमेन्ट डिस्प्ले राखिएको छ । सुरक्षाका लागि गाडीमा ६ वटा एयरब्याग पनि उपलब्ध छन् ।

नयाँ भेन्यु १.२ लिटर पेट्रोल र १.० लिटर टर्बो पेट्रोल इन्जिन विकल्पमा उपलब्ध हुनेछ । कम्पनीका अनुसार यी इन्जिनले आरामदायी ड्राइभिङसँगै इन्धन दक्षता र उत्कृष्ट प्रदर्शन प्रदान गर्नेछन् ।

त्यस्तै, भेन्यु एन लाइनलाई भेन्युको थप स्पोर्टी र विशिष्ट संस्करणका रूपमा सार्वजनिक गरिएको छ । यसमा एन-ब्रान्डेड सिट, एन-ब्रान्डेड एलोय ह्विल, सिग्नेचर रेड हाइलाइटसहितको बडी-कलर क्ल्याडिङ तथा विशेष एन लाइन स्टाइलिङ एलिमेन्टहरू राखिएका छन् ।

स्पोर्टी डिजाइनसँगै भेन्यु एन लाइनमा भेन्युमा उपलब्ध प्रविधि, आराम र व्यावहारिकतालाई निरन्तरता दिइएको कम्पनीले जनाएको छ । यसले चालकलाई थप गतिशील ड्राइभिङ अनुभव दिने अपेक्षा गरिएको छ ।

‘मेड इन नेपाल’ ह्युन्डाई भेन्युको सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । यो तीनवटा भेरियन्टमा उपलब्ध हुनेछ । जसमा एचएक्स २ मा १,१९७ सीसी पेट्रोल इन्जिन, एचएक्स ५ प्लसमा १,१९७ सीसी पेट्रोल इन्जिन र एचएक्स ५ डीसीटीमा ९९८ सीसी पेट्रोल इन्जिन उपलब्ध छ ।

त्यस्तै, भेन्यु एन लाइनको सुरुवाती मूल्य ६७ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।

कम्पनीका अनुसार ‘मेड इन नेपाल’ ह्युन्डाई भेन्यु र भेन्यु एन लाइन देशभरका ह्युन्डाई शोरुममा उपलब्ध छन् । ग्राहकले नजिकैको ह्युन्डाई शोरुममा पुगेर नयाँ गाडीको डिजाइन, प्रविधि, विशेषता तथा ड्राइभिङ अनुभव प्रत्यक्ष रूपमा लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्