Logo
Logo

उपसभामुख ठाकुरद्वारा पत्रकार श्रेष्ठविरुद्ध जाहेरी


0
Shares

काठमाडौँ । उपसभामुख रुबीकुमारी ठाकुरले पत्रकार किशोर श्रेष्ठविरुद्ध जिल्ला प्रहरी परिसर, ललितपुरमा जाहेरी दिएकी छिन् ।

जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसपी तुलबहादुर कार्कीले जाहेरी दर्ता भएको पुष्टि गरेका छन् । पत्रकार श्रेष्ठलाई आजै मात्र सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो ।

जनआस्था अनलाइनमा प्रकाशित एक समाचार र तस्बिरका कारण वैयक्तिक गोपनीयताको हक हनन भएको भन्दै प्रहरीले उनलाई गत साउन २७ गते पक्राउ गरेको थियो । त्यसयता उनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको थियो ।

समाचारमा राखिएको तस्बिर जाहेरवाला स्वयंले सामाजिक सञ्जालमा पोस्ट गरेको देखिएको र उक्त तथ्यलाई विपक्षीले खण्डन गर्न नसकेकाले श्रेष्ठलाई रिहा गर्न आदेश दिइएको सर्वोच्चको परमादेशमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्