Logo
Logo

एकतालाई मजबुत बनाउन सबै क्रियाशील हुन आवश्यक छ : विश्वप्रकाश शर्मा


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी एकतालाई मजबुत बनाउन सबैले क्रियाशील हुन आवश्यक रहेको बताएका छन् । 

The current image has no alternative text. The file name is: bishwoprakas-sharma.jpg

केन्द्रीय नीति प्रतिष्ठानको बैठकलाई सम्बोधन गर्दै स्व. प्रदीप गिरीले देखाएको बाटोमा अगाडी बढ्दै पार्टी एकतालाई बलियो बनाउनुपर्ने उनको भनाइ रहेको छ । सो क्रममा गिरीको योगदानबारे बोल्दै उनले भने, ‘उहाँको विचार हाम्रा लागि सदैव प्रेरक छ । उहाँ एक समुन्द्र जस्तै हुनुहुन्थ्यो । समुन्द्रमा पौडनेले बाहिर निस्कँदा जति पानी लिएर निस्कन्छ हामी पनि सायद त्यति मात्र लिइरहेका छौँ । स्व.प्रदीप गिरीले देखाएको बाटोमा अगाडी बढ्दै पार्टी एकतालाई मजबुत बनाउन सबैलाई क्रियाशील हुनुपर्छ ।’

सानेपामा जारी बैठकमा महिला ग्रीन रन र महिला उद्यमशीलता सम्मेलनको तयारी र विभिन्न उपसमितिका नीति तथा कार्य योजना प्रस्तुति लगायतका विषयमा छलफल केन्द्रित रहेको कावा मुख्यसचिव कृष्णप्रसाद दुलालले बताए ।

प्रतिक्रिया दिनुहोस्