
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सबै पूर्वप्रधानमन्त्रीविरुद्ध उजुरी परेको छ ।
बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै अख्तियार प्रमुख आयुक्त प्रेमकुमार राईले यस विषयमा जानकारी दिएका हुन् । सांसदले सोधेको प्रश्नको उत्तरमा अख्तियार प्रमुख राईले जिवित रहेका सबै पूर्वप्रधानमन्त्रीविरुद्ध उजुरी आएको बताए ।
उनले भने, ‘पूर्वप्रधानमन्त्रीमाथि उजुरीको कुरा गर्नुभयो । सबैको उजुरी आएको छ, हेर्छौं । योभन्दा बढी भन्न मिलेन । उजुरीबारे हेर्दै छौं ।’
अहिले सात जना पूर्वप्रधानमन्त्री र एक जना मन्त्रिपरिषद्का अध्यक्ष जिवित रहेका छन् । जसमा सुशीला कार्की, केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, डा. बाबुराम भट्टराई, माधवकुमार नेपाल, लोकेन्द्रबहादुर चन्द र मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी छन् ।












