Logo
Logo

कांग्रेसले बोलायो अनुशासन समितिको बैठक


0
Shares

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ । बैठक शुक्रबार बिहान ११ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने तय भएको हो ।

बैठकमा उपस्थित हुनका लागि समितिका सबै सदस्यहरूलाई निर्देशन दिइएको छ । संस्थापनले पार्टीको १५ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेको र तल्लो तहका अधिवेशनहरू सुरु हुन लागेको बेलामा अनुशासन समिति बैठक बोलाएको हो ।

यता महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का सर्वोच्च अदालतमा शुक्रबार नै रिट लिएर जाँदै छन् । त्यही दिन अनुशासन समितिको बैठक बोलाउनुलाई महत्वका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्