Logo
Logo

उद्धव थापामाथिको कारबाहीप्रति कमल थापाको नोट अफ डिसेन्ट


0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेश सभाका पार्टी संसदीय दलका नेता उद्धव थापालाई कारबाही गर्ने निर्णयमा नेता कमल थापाले असहमति जनाएका छन् ।

बिहीबार बसेको राप्रपाको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता थापाले उद्धव थापालाई जबरजस्ती कारबाही गरेको भन्दै आफ्नो असहमति रहेको बताए ।

‘पार्टीको विधानलाई लत्त्याउँदै निरंकुश ढंगबाट संसदीय दलको नेतालाई कारबाही गरिएको छ, यो हामीलाई मान्य छैन,’ उनले भने ।
पार्टीमा पर्याप्त छलफलबिना जबरजस्ती निर्णय गरेको भन्दै उनले नोट अफ डिसेन्ट लेखेका हुन् । आफूलगायत कतिपय साथीहरूले यो निर्णयमा असहमति राखेको थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्