Logo
Logo

स्मार्ट टेलिकम प्रकरण: एनआइएमबीका सिइओ ज्योतिप्रकाश पाण्डेलाई धरौटीमा छाड्न आदेश


0
Shares

काठमाडौँ। स्मार्ट टेलिकम प्रकरणमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआइएमबी) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योतिप्रकाश पाण्डेलाई जिल्ला अदालत काठमाडौँले धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीश कमलकान्त जोशीको इजलासले बिहीबार उनलाई ८० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।

अदालतको आदेशअनुसार पाण्डेले धरौटीको कानुनी प्रक्रिया पूरा गरिसकेका छन्। यससँगै उनलाई हिरासतबाहिरै बसेर मुद्दा लड्ने बाटो खुलेको छ। प्रचलित कानुनी व्यवस्थाअनुसार धरौटीमा रिहा भएसँगै पाण्डेलाई बैंकको नियमित कार्यसम्पादनमा फर्किन कुनै बाधा पर्ने छैन।

स्मार्ट टेलिकमको ऋण तथा लिलामी प्रक्रियासँग जोडिएको यस विवादमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले गत साउन २७ गते अदालतमा मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा पाण्डेसहित २२ जनालाई प्रतिवादी बनाउँदै ९६ अर्ब रुपैयाँ बिगो दाबी गरिएको छ।

टेलिकमको ऋण असुलीका लागि गरिएको लिलामीको विषयलाई लिएर बैंकका सिइओ पाण्डे लगायत पदाधिकारीहरूमाथि गरिएको धरपकडको बैंक तथा वित्तीय क्षेत्रबाट तीव्र विरोध समेत भएको थियो।

प्रतिक्रिया दिनुहोस्