काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बस्ने दिन नै प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) पोखरा लागेका छन् ।

अब केही बेरमा रास्वपाको दोस्रो केन्द्रीय समितिको बैठक बस्दै छ । तर, प्रधानमन्त्री शाह त्यसअघि नै पोखरातर्फ लागेका हुन् । जसले गर्दा आजको बैठकमा उनी हुने छैनन् ।
शाहलाई गत साउन १३ गते मात्र रास्वपाले वरिष्ठ नेता बनाउने निर्णय गरेको थियो । आज बस्ने रास्वपाको बैठकले विभिन्न पदाधिकारी, केन्द्रीय सदस्य र विभिन्न विभागमा प्रमुख मनोनयन गर्ने निर्णय गर्दै छ । तर यस्तो महत्त्वपूर्ण बैठकमा वरिष्ठ नेता बालेन भने अनुपस्थित हुने भएका छन् ।












