Logo
Logo

नोटबन्दीबारे सोचेका छैनौँ : अर्थमन्त्री वाग्ले


0
Shares

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सरकारले नोटबन्दी गर्ने पक्षमा नरहेको बताएका छन् ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी कार्यालय वनस्थलीमा आयोजना गरेको ‘नागरिक, नीति र नेतृत्व संवाद’ कार्यक्रममा बोल्दै सकार नोटबन्दी गर्ने पक्ष र कुनै तयारीमा नरहेको बताएका हुन् । 

The current image has no alternative text. The file name is: sownirm-wakle.jpg

छलफलमा सहभागी नागरिकहरूले ‘नोटबन्दी किन नगर्ने ?’ भनी प्रश्न गरेपछि उनले सरकारको धारणा स्पष्ट पारेका हुन् । ‘नोटबन्दीका बारेमा यहाँहरूका रोचक प्रश्नहरू सुनेँ । तर, अहिले हामीलाई  यो उपयुक्त हुन्छ जस्तो लाग्दैन । नोटबन्दीबारे हामीले सोचेका छैनौँ,’उनले भने । यो अभ्यास गरेका अन्य मुलुकहरूमा पनि नोटबन्दीको सफलता राम्रो नदेखिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्