Logo
Logo

शेरबहादुर देउवा देउवा र शेखर  कोइरालाबिच भेटवार्ता 


0
Shares

काठमाडौं । नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनको कार्यतालिकालाई लिएर विवाद चर्किएका बेला निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबिच भेटवार्ता भएको छ ।

शुक्रवार बिहान १० बजे देउवा निवास चुनदेवी पुगेर नेता डा. कोइरालाले देउवासँग करिब आधा घण्टा लामो कुराकानी गरेका हुन् । भेटमा पार्टीको पछिल्लो आन्तरिक राजनीति र आसन्न महाधिवेशनको विषयमा कुराकानी भएको हो । 

कांग्रेसको संस्थापन पक्षले भदौ २४ गतेबाट वडा अधिवेशन सुरु गरी आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ । तर, देउवा नेतृत्वको इतर समूहले यो कार्यतालिकाको विरोध गर्दै रोक्न अन्तरिम आदेश माग गर्दै आजै (शुक्रवार) सर्वोच्च अदालतमा रिट दर्ता गर्ने तयारी गरेको छ ।  यही सन्दर्भमा देउवा र डा।कोइरालाबीच भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।  

प्रतिक्रिया दिनुहोस्