Logo
Logo

बागमतीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने


0
Shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आइतबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री थापाले भदौ ७ गते आइतबार १ बजे संसदबाट विश्वासको मत लिने भएका हुन् ।

एमाले, नेकपा र राप्रपाको ६३ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थापाले विश्वासको मत लिन संसद् सचिवालयलाई पत्राचार गरेका छन् ।

नेपालको संविधानको धारा १६८ को २ बमोजिम सरकारको लागि भदौ ३ गते दाबी पेस गरेका उनलाई प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले ४ गते पद तथा गोपनीयताको सपथ गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्