Logo
Logo

रास्वपाको सचिवालयमा शिशिरदेखि मनिषसम्म १३ जना थपिए


0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय सदस्यमा १३ जना थप गरेको छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले शिशिर खनालदेखि मनिष झासम्मलाई सचिवालय सदस्यमा थप गर्ने निर्णय गरेको हो ।

जसमा पुरुषोत्तम यादव, शिशिर खनाल, गणेश पराजुली, कबिन्द्र बुर्लाकोटी, मनिष झा, विराजभक्त श्रेष्ठ, लीमा अधिकारी, दीपकराज बोहोरा, समीक्षा बास्कोटा, इन्दिरा राना, शिव नेपाली, जगदीश खरेल (ललितपुर) र मनोहर प्रधान छन् ।

यसअघि साउन १३ गते बसेको केन्द्रीय समिति बैठकले ५ जना सचिवालय सदस्य बनाएको थियो । रास्वपाको विधानअनुसार सभापति रवि लामिछानेले बढीमा ३३ जनालाई सचिवालय सदस्य बनाउन सक्ने प्रावधान छ । सोही अनुसार आज रास्वपाले सचिवालयमा १३ जना थप गरेको हो ।

प्रतिक्रिया दिनुहोस्