काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) पोखराबाट आज मुस्ताङको मुक्तिनाथ मन्दिर दर्शन गर्न जाँदै छन् । शाह मन्दिर दर्शन गर्न पुग्ने भएपछि मुस्ताङमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

उहाँ हिजो सडकमार्ग हुँदै काठमाण्डौबाट पोखरा पुग्नुभएको थियो । माछापुच्छ्रे गाउँपालिका–६, अस्ताममा रहेको एक रिसोर्टमा परिवारसहित बसेका शाह सडकमार्ग हुँदै अहिले साढे ९ बजे मुस्ताङतर्फ प्रस्थान गर्ने तयारी छ ।
प्रधानमन्त्री शाहको यो निजी तथा पारिवारिक भ्रमण हो । कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम सडकखण्डको म्याग्दी क्षेत्रमा जिल्ला प्रशासन कार्यालय म्याग्दीले पनि आवश्यक सुरक्षा तयारी गरेको जनाएको छ ।














