Logo
Logo

ओलीको दाबी : बालेन सरकार ५ वर्ष नटिक्ने


0
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालेन शाह नेतृत्वको सरकार पाँच वर्ष नटिक्ने दाबी गरेका छन् । नगरकोटमा आयोजित जनसङ्गठन समन्वय संयन्त्र कार्यशालालाई सम्बोधन गर्दै उनले अराजकताबाट आएका व्यक्तिहरूलाई देशको जिम्मेवारी सुम्पन नहुने बताए ।

The current image has no alternative text. The file name is: kp-oli-1.jpg

ओलीले भने, ‘‘लोकतन्त्र अपहरण भएको छ, संविधान मिचिएको छ । अपहरण भएको लोकतन्त्रलाई फेरि फिर्ता ल्याउनुपर्छ । हरेकको मनमा त्रास छ । एउटा स्टाटस लेख्नुहोस् त कति गाली आउँछ, त्रास छ । सही स्टाटस लेख्नुहोस्, सही कुरा बोल्नै हुँदैन । हुल्याहाहरूको आक्रमण सुरु भइहाल्छ ।’’

दरबार छोडाएर गणतन्त्र ल्याएका शक्ति भएकाले कसैसँग नडराउने उनको भनाइ रहेको छ । उनले भने , ‘‘यो कुन शक्तिको आडभरोसामा चलेको छ भन्ने कुराको मतलब छैन । यी तत्त्वहरूसँग हामी डराउँदैनौ । डराउनु हुँदैन । यो सरकार तपाईँहरूलाई भन्दिएँ, पाँच वर्ष कुनै हालतमा जाँदैन । हाटहुट, लुटपाट, जनतालाई तर्साएर, थर्काएर, बोल्न नसक्ने बनाएर, जेसुकै गरेर, बाकस साटेर ल्याएर बहुमत ल्याएको देखाइयो । बहुमत आयो भन्दैमा पाँच वर्ष लुटमार गर्न दिएको हो र ?’’राष्ट्रिय स्वतन्त्र पार्टीलाई भोट हालेर बहुमत दिएकोप्रति जनतालाई पश्चात्ताप भइसकेको उनले बताए । 

प्रतिक्रिया दिनुहोस्