Logo
Logo

गृहमन्त्रीसँग वार्ता गर्न भन्दै गरिमाका आमा-बुवालाई काठमाडौं ल्याइयो


0
Shares

काठमाडौं ।  बाराको सिमरामा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका आमा–बुवालाई काठमाडौं ल्याइने भएको छ ।  गृहमन्त्री सुधन गुरुङसँग वार्ता गर्नका लागि उनीहरूलाई काठमाडौं ल्याउन लागिएको हो ।  शनिवार अपराह्न सिमरा विमानस्थलबाट गरिमाका बुवा मनोज चौधरी र आमा मानमती चौधरीलाई स्थानीय अभियन्ताको साथमा काठमाडौं पठाइएको हो ।

The current image has no alternative text. The file name is: bara-1.jpg

गरिमाका आमा–बुवालाई आन्दोलनरत स्थानबाट इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टले प्रहरीकै गाडीमा ल्याएर एयरपोर्टमा बोर्डिङ पास गराएका छन् । उनीहरूको साथमा स्थानीय अभियन्ता कपिल खरेल, सम्राट उपाध्याय, नवराज कार्की लगायत ७ जनाको टोली वार्ताका लागि काठमाडौं आएको हो । 

काठमाडौं आउनुअघि मृतकका बुवा मनोज चौधरीले स्थानीयबासीलाई आफ्नो छोरीको न्यायको लागि आन्दोलन जारी राखिदिन आग्रह गरेका थिए ।प्रहरी र केही अभियन्ताले वार्ताका लागि काठमाडौं लैजाने योजना गोप्य रूपमा बनाएको भन्दै स्थानीयले सिमरा विमानस्थल अगाडि पनि प्रहरी विरुद्ध नाराबाजी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्