Logo
Logo

सरकारसँग छलफलका लागि गृह मन्त्रालय पुगे गरिमाका आमा-बुवा


0
Shares

काठमाडौं । बाराको सिमरामा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका आमा–बुवा सरकारसँग छलफल गर्न काठमाडौं आइपुगेका छन् ।

The current image has no alternative text. The file name is: singhdurbar.jpg

उनीहरूलाई अहिले गृह मन्त्रालय पुर्‍याइएको छ । गृहमन्त्री सुधन गुरुङसहितको उपस्थितिमा छलफल हुन लागेको हो । छलफलमा सहभागी हुन कृषिमन्त्री गीता चौधरी पनि पुगेकी छिन् ।

शनिवार अपराह्न सिमरा विमानस्थलबाट गरिमाका बुवा मनोज चौधरी र आमा मानमती चौधरीलाई स्थानीय अभियन्ताको साथमा काठमाडौं ल्याइएको हो ।

काठमाडौँ आउनुअघि मृतकका बुवा मनोज चौधरीले स्थानीय बासीलाई आफ्नो छोरीको न्यायको लागि आन्दोलन जारी राखिदिन आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्