Logo
Logo

जनकपुरमा अतिक्रमित सातवटा पोखरीको डिलमा चल्यो डोजर


0
Shares

काठमाडौं । जनकपुरमा पहिलो दिन सातवटा सार्वजनिक पोखरी अतिक्रमणमुक्त गरिएको छ । शनिवार गिरनारी (गोरधोइ) पोखरी, दिर्घीका सर, मुरली सर, रत्नसागर, अर्गजा सर, दशरथ तलाउ र विसहरा तलाउको अतिक्रमण डोजर प्रयोग गरेर खाली गराइएको हो ।

The current image has no alternative text. The file name is: janakpur.jpg

अतिक्रमण गरेर बनाइएका ६५ वटा घरटहरा भत्काइएको हो । साउन १ गते नै अतिक्रमित ठाउँ खाली गर्न सूचना जारी गरिएको थियो । अतिक्रमण खाली गराउन डोजरको साथै बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

अब अर्को चरणमा अतिक्रमणमुक्त गरिने पोखरीको रेखाङ्कन गरिने त्यसपछि योजना बनाएर खाली गराइने छ । पहिलो चरणमा पहिचान गरिएका ५० वटा पोखरीलाई अतिक्रमणमुक्त गराइने  छ ।

पहिलो चरणमा पोखरी, मन्दिर परिसर र तेस्रो चरणमा अन्य अतिक्रमणमुक्त गराउने कार्ययोजनासहित वर्गीकरण गरिएको छ । अतिक्रमणमुक्त गर्दा २०६२ सालमा जनकपुरको गुठीको अतिक्रमित जग्गा पत्ता लगाउन गठन गरिएको भोजराज घिमिरे नेतृत्वको कार्यदलको प्रतिवेदनको आधार लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्