Logo
Logo

सरकारसँग सहमति भएपछि घर फर्किए लघुवित्त पीडित


0
Shares

काठमाडौं । ललितपुरको पुल्चोकस्थित मानव अधिकार आयोगको कार्यालय बाहिर धर्नामा बसेका लघुवित्त ऋणीहरू नेपाल सरकारसँग सहमति भएपछि आज आ९आफ्नो घर फर्किएका छन् । 

The current image has no alternative text. The file name is: pidit.jpg

नेपाल सरकार र ऋणीहरूका प्रतिनिधिबीच भएको १४ बुँदे सहमति भएसँगै धर्ना कार्यक्रम स्थगित भएको हो ।

सहमति पश्चात् आज बिहान ८:५० बजेदेखि सरकारले साझा यातायातका बसहरूको व्यवस्था गरी उनीहरूलाई गन्तव्यतर्फ पठाएको छ । विभिन्न सरकारी निकायका अधिकारीहरूको उपस्थितिमा ३२३ जना ऋणीहरूलाई ८ वटा बसमार्फत बिदाइ गरिएको छ । झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारा, पर्सा र नवलपरासी लगायतका जिल्लाका ऋणीहरूलाई आ९आफ्नो क्षेत्रतर्फ पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्