
काठमाडौं । सप्तरीको शम्भुनाथ नगरपालिका–३ ट्राफिक चोकमा बस्ने मोहम्मद इरफानकी २ वर्षीया छोरी खुशी खातुन मृत फेला परेकी छन् ।
आज बिहान ९ बजेदेखि हराएकी बालिका प्रहरी र परिवारजनले खोजतलास गर्ने क्रममा आफ्नै घरको पछाडिपट्टि रहेको झाडीमा मृत अवस्थामा फेला परेकी हुन् ।
प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान तथा छानबिनको प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक रूपक खड्काले जानकारी दिए ।
प्रहरीका अनुसार बालिकाको मृत्युको कारण खुल्न बाँकी छ ।















