
काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खटिएका २१ प्रहरीमध्ये १६ प्रहरी सम्पर्कविहीन भएका छन् ।
आज बिहान ल्हेन्दे खोलामा एक्कासी आएको बाढीका कारण स्याफ्रुबेँसीमा ९ सहित रसुवागढी र मैलुङका प्रहरी सम्पर्कविहीन भएका हुन् ।
केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले टिमुरेबाट पाँच जना प्रहरी सम्पर्कमा आएको बताए । बाढीले प्रहरी कार्यालयमात्रै बगायो कि कर्मचारी पनि प्रभावित छन् भन्ने यकिन विवरण प्राप्त हुन नसकेको उनले बताए ।














