Logo
Logo

रसुवा बाढी : एनआईएमबी बैंकका ७ कर्मचारी सम्पर्कविहीन


0
Shares

काठमाडौं । बुधबार भोटेकोशीमा एक्कासी आएको बाढीबाट नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा कार्यरत सात कर्मचारी सम्पर्कविहीन भएका छन् । रसुवास्थित स्याफ्रुवेसी शाखाका पाँच, टिमुरे शाखाका १ र मैलुङ एक्स्टेन्सन काउन्टरका एक जना गरी ७ कर्मचारी सम्पर्कविहिन भएका हुन् ।

बैंकले सूचना जारी गर्दै स्याफ्रुवेसी शाखामा कार्यरत शिवप्रसाद लम्साल, जितमान घले, पेम्बा दावा लोपेचान, पासाङ याङ्जेन तामाङ र भीमबहादुर खड्का सम्पकविहीन् भएको जानकारी दिएको हो ।

टिमुरे शाखमा कार्यरत डोल्मा लामा र मैलुङ एक्स्टेन्सन काउन्टरमा कार्यरत मुकेश खड्का सम्पर्कविहिन भएको बैंकले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्