Logo
Logo

सामाजिक सञ्जाल र सञ्चारमाध्यमका सामग्रीमा प्रेस काउन्सिलको निगरानी


0
Shares

काठमाडौं । प्रेस काउन्सिल नेपालले भोटेकोशी बाढीबाट सिर्जित विपतको संवेदनशील अवस्थामा सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित सामग्रीप्रति विशेष निगरानी बढाएको छ ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष उमेश श्रेष्ठले सीमित स्रोत, साधन र जनशक्तिका बाबजुद काउन्सिलले सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सार्वजनिक भएका सामग्रीको निरन्तर अनुगमन गरिरहेको जानकारी दिएका हुन् ।

अध्यक्ष श्रेष्ठले विपतका वेला सार्वजनिक गर्न नहुने सामग्री, मानवीय संवेदनामा आघात पुग्ने बीभत्स तस्बिर तथा भिडियो, भ्रामक सूचना वा अन्य आपत्तिजनक सामग्री देखिएमा काउन्सिललाई जानकारी गराउन आग्रह गरेका छन्।

त्यस्ता सामग्रीबारे जानकारी गराउन काउन्सिलले विशेष उजुरी तथा सूचना पठाउने व्यवस्था गरेको छ । प्राप्त जानकारीलाई काउन्सिलको अनुगमन टोलीले तत्काल अध्ययन गरी आवश्यक कदम चाल्ने बताइएको छ ।

प्रेस काउन्सिलले विपतका वेला सूचना सम्प्रेषण गर्दा पीडितको पीडा, मानवीय मर्यादा र संवेदनशीलतालाई प्राथमिकता दिन सञ्चारमाध्यम तथा आमनागरिकसँग आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्