Logo
Logo

नेपाललाई आवश्यक सबै सहयोग गर्ने तयार छौँ : ट्रम्प


0
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट पीडित नेपाललाई आवश्यक सबै प्रकारको सहयोग उपलब्ध गराउन अमेरिका तयार रहेको बताएका छन् । ट्रम्पले बिहीबार ह्वाइट हाउसमा आयोजित एक समारोहपछि सञ्चारकर्मीसँग कुरा गर्दै अमेरिकी प्रशासनले नेपालका नेतृत्वसँग सम्पर्क गरिरहेको र विपद्मा आवश्यक सहयोगका लागि तयार रहेको स्पष्ट पारेका हुन् ।

The current image has no alternative text. The file name is: 1615981335_donald-trump.jpg

 ‘हामीले नेपाललाई फोन गरेका छौँ र उनीहरूलाई आवश्यक पर्ने जुनसुकै सहयोग उपलब्ध गराउने प्रस्ताव गरेका छौँ । नेपालको नेतृत्वसँग हाम्रो राम्रो सम्बन्ध छ,’ उनले भने । उनले बाढीले निम्त्याएको क्षतिलाई ‘असाधारण’ भन्दै शक्तिशाली हिलो र पानीको भेलले बलिया तथा पक्की भवनसमेत टुथपिकजस्तै बगेको उल्लेख गरे । प्रभावित क्षेत्रमा करिब ५० देखि ६० जना अमेरिकी नागरिक प्रभावित भएको हुनसक्ने अनुमान गर्दै उनले पूर्ण विवरण अझै प्राप्त नभएको बताए ।

यद्यपि सीएनएनले अमेरिकी विदेश मन्त्रालयलाई उद्धृत गर्दै करिब ९० जना अमेरिकी नागरिक बेपत्ता रहेको जनाएको छ । पूर्व ह्वाइट हाउस प्रेस सचिव करोलिन लेभिटले नेपालमा रहेका अमेरिकी नागरिकको सुरक्षा प्रशासनको तत्कालीन प्राथमिकता रहेको र राष्ट्रपति तथा विदेशमन्त्री मार्को रुबियोको पहिलो प्राथमिकता उद्धार रहेको बताइन् ।

अमेरिकी विदेश मन्त्रालयले बाढीको अवस्था नजिकबाट निगरानी गरिरहेको जनाउँदै विपद् प्रतिक्रिया विज्ञलाई नेपाल पठाएको र क्याथोलिक रिलिफ सर्भिसेसमार्फत ५ लाख अमेरिकी डलर आपत्कालीन सहायता घोषणा गरेको छ । उक्त रकम आश्रय, राहत सामग्री तथा खानेपानी, सरसफाइ र स्वच्छता सहयोगमा प्रयोग हुनेछ । काठमाडौंस्थित अमेरिकी दूतावासले स्थानीय अधिकारीसँग समन्वय गरी प्रभावित अमेरिकी नागरिकको खोजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्