Logo
Logo

बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभाव


441
Shares

काठमाडौं । भोटेकोशी बाढीपहिरो प्रभावित क्षेत्रमा लेदो र दलदलका कारण खोजी कार्य कठिन बन्दै गएको छ भने अस्पतालहरूमा शवको चाप बढेपछि व्यवस्थापन थप चुनौतीपूर्ण बनेको छ । 

The current image has no alternative text. The file name is: nepal-police.jpg

उद्धारका लागि आवश्यक पर्ने विशेष उपकरण, फरेन्सिक विज्ञ तथा शव सुरक्षित राख्न ‘रेफ्रिजरेटिङ कन्टेनर’को अभाव खट्किएको नेपाल प्रहरीले जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक (डिआइजी) अविनारायण काफ्लेले न्युज एजेन्सी नेपालसँग कुरा गर्दै बाढीको लेदोमा खोजी कार्य प्रभावकारी बनाउन विशेष बुट, १० वटा वायरलेस ट्र्याकिङ डिभाइस र १०० केजीसम्म भार बोक्न सक्ने ‘ट्रान्सपोर्टेसन ड्रोन’ तत्काल आवश्यक रहेको बताए। घटनास्थलहरू दलदलयुक्त भएकाले सामान्य तरिकाले खोजी र सामग्री ढुवानी गर्न समस्या भएको उनले स्पष्ट पारे । 

उता काठमाडौंको त्रिवि शिक्षण अस्पताल (टिचिङ), पोखरा र चितवनका अस्पतालहरूमा शवको चाप अत्यधिक बढेपछि सुरक्षित भण्डारणको चुनौती थपिएको छ । शवहरू बिग्रिन नदिन ‘रेफ्रिजरेटर कन्टेनर’ तत्काल आवश्यक परेको उल्लेख गरे ।

प्रवक्ता काफ्लेले भने, ‘शव बिग्रिन नदिनका लागि रेफ्रिजरेटिङ कन्टेनर धेरै जरुरी भएको छ, यस विषयमा हामीले राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए) सँग पहल गरिरहेका छौँ ।’

प्रभावित जिल्लाहरूमा फरेन्सिक चिकित्सकहरूको आवश्यकता बढेको प्रहरीले जनाएको छ । लामो समयसम्म पहिचान खुल्न नसकेका शवहरूको हकमा भने सरकारले हालै स्वीकृत गरेको नयाँ कार्यविधिअनुसार फरेन्सिक नमुना संकलन गरी सुरक्षित राख्दै व्यवस्थापनको प्रक्रिया अघि बढाइने डिआइजी काफ्लेले जानकारी दिए ।  

प्रतिक्रिया दिनुहोस्