Logo
Logo

प्रधानमन्त्री राहत कोषको नाममा ठगी, नक्कली भौचर बनाउने युवा पक्राउ


693
Shares

काठमाडौं । विनाशकारी बाढीपीडितको राहत र उद्धारका लागि स्थापना गरिएको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ को नाममा भ्रम फैलाएर ठगी गर्ने एक व्यक्तलाई रामेछाप प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. २, ठोसे बस्ने ३२ वर्षीय भगवान कार्की रहेका छन् ।

The current image has no alternative text. The file name is: arretsed.jpg

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार कार्कीले आफूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख २० हजार रुपैयाँ सहयोग गरेको भन्दै सामाजिक सञ्जालमा ‘पोष्ट’ गरेका थिए । तर, अनुसन्धानका क्रममा उनले सो रकम सहयोग नगरेको र आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरी ई-सेवाको नक्कली ट्रान्जेक्सन स्टेटमेन्ट तयार पारेको खुलेको हो । 

उनले सो नक्कली स्टेटमेन्टसँगै आफ्नो व्यक्तिगत क्युआर कोड समेत सामाजिक सञ्जालमा राखेर अन्य व्यक्तिहरूलाई पनि सहयोग गर्न आह्वान गर्दै ठगी धन्दा चलाइरहेको प्रहरीले जनाएको छ । मानिसहरूले राहत कोषमा पैसा पठाएको ठानेर उनको व्यक्तिगत खातामा पैसा पठाउने जोखिम बढेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कमल राउतले कार्कीलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अगाडि बढाइएको जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्