Logo
Logo

यूएईबाट आयो ८० टन राहत सामग्री, मन्त्री महावीरले बुझे


504
Shares

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)ले थप ८० टन राहत सामग्री नेपाललाई हस्तान्तरण गरेको छ ।  विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले यूएई सरकारले पठाएको ८० टन राहत सामग्री सरकारले बुझेको बताएका छन् । 

The current image has no alternative text. The file name is: uae.jpg

मन्त्री पुनका अनुसार यूएईबाट ल्याइएका राहत सामग्री शनिबार राति ११:३० बजे सरकारलाई हस्तान्तरण गरिएको हो । राहत सामग्री बुझ्ने बेला बेस्सरी पानी परेको उनले बताए । पर्सि अर्को हवाईजहाजमा अरू सामग्री आउने जानकारी पनि उनले दिएका छन् ।

भोटेकोसी बाढीपछि नेपाललाई सहयोग गर्ने राष्ट्रमा अहिलेसम्म यूएई सबैभन्दा अग्रपंक्तिमा छ । यूएईले १० मिलियन अमेरिकी डलर ९करिब डेढ अर्ब रुपैयाँ० नगद सहयोग गरेको छ । 

प्रतिक्रिया दिनुहोस्