Logo
Logo

त्रिशूली ३ ‘ए’मा स्पेशल फोर्स परिचालन गर्ने तयारी


567
Shares

काठमाडौं । सरकारले भोटेकोशी बाढीका कारण माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका मानिसहरूको उद्धार गर्न स्पेशल फोर्स परिचालन गर्ने तयारी गरेको छ । त्रिशूली ३ ‘ए’ को टनेलमा रातभरि नै निरन्तर उद्धारको कार्य जारी राखिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

आज बिहान करिब ४ बजे आयोजना स्थलमा पुनः आएको बाढीका कारण त्रिशूली नदीको जलसतह ५ देखि १० मिटरसम्म बढेको छ । नदीको सतह अत्यधिक बढेपछि त्यसले आयोजना क्षेत्रको किनार तीव्र रूपमा काट्न सुरु गरेको छ ।

​तर पनि सरकारले पुनः पूर्ण सतर्कताका साथ आयोजना क्षेत्रको समग्र क्षति र परिस्थितिको अवलोकन गर्दै माटो तथा लेदो हटाउन पुनः डोजर र भारी उपकरणहरू परिचालन गर्ने तयारी गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

यसैगरी, पहिरो र माटोले पुरिएको त्रिशूली ३ ‘ए’ को टनेल पोर्टल तथा पावर हाउस नियन्त्रण गर्ने १९ वटा सीसीटीभी क्यामेरा, एचडीआर र सेटअप बक्सहरू सुरक्षित रूपमा निकाल्न सरकारले हेलिकप्टरमार्फत ’स्पेशल फोर्स’ परिचालन गर्ने तयारी गरेको छ ।

सडक पहुँच अवरुद्ध भएकाले पुरिएको भवन नजिकै हेलिकप्टरबाट टोली उतारेर ती महत्त्वपूर्ण उपकरणहरू निकाल्ने तयारी गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्