Logo
Logo

भोटेकोसी बाढी : मृतकको संख्या ७३५ पुग्यो


252
Shares

काठमाडौं । भोटेकोसी बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ७ सय ३५ पुगेको छ । प्रहरी प्रधान कार्यालयको पछिल्लो विवरणअनुसार हालसम्म दुई हजार ६९९ जनाको उद्धार गरिएको जनाएको छ । 

The current image has no alternative text. The file name is: bhotekoshi-3.jpg

विभिन्न जिल्लाबाट ७३४ जनाको शव फेला परेको जनाउँदै उक्त कार्यालयले रसुवामा १३, धादिङमा ५०, तनहुँमा ३६, नुवाकोटमा ५२, गोरखामा ५८, चितवनमा २५९, नवलपरासी पूर्वमा १८५ र नवलपरासी पश्चिममा ८२ जनाको शव फेला परेको हो ।

सुरक्षाकर्मीले रसुवाका ६७६, नुवाकोटका दुई हजार २० र धादिङका तीन जनालाई उद्धार गरेका छन् भने काठमाडौंका विभिन्न अस्पतालमा उपचार गराएर १६० जना घर फर्केका छन् ।

यसैबीच, बाढीपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी ८४ जना कर्मचारी अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।  यसैबीच, उक्त कार्यालयले नेपाली सेनाका ४४, नेपाल प्रहरीका २७ र सशस्त्र प्रहरी बलका १३ जना सम्पर्कविहीन भएका जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्