Logo
Logo

उद्धार र राहतको कामलाई प्रभावकारी बनाउन रविको निर्देशन


315
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बाढी प्रभावितको खोजी, उद्धार तथा राहतको कामलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

आज पार्टीको तर्फबाट अहिलेसम्म भए गरेका कामबारे ब्रिफिङ लिएपछि लामिछानेले यस्तो निर्देशन दिएका हुन्। खोजी, उद्धार र राहतको काममा प्रभावकारी भूमिका खेल्न पार्टीको सम्पूर्ण तह र निकायलाई निर्देशन दिएको प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

आजको छलफलमा महामन्त्री विपीन आचार्य, संसदीय दलका उपनेता गणेश पराजुली, सङ्गठन विभाग प्रमुख प्रमोद न्यौपानेलगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्