Logo
Logo

त्रिशुली ३-‘ए’ को सुरुङ भेटियो, कुनै प्रतिक्रिया नआएपछि ‘ब्लास्टिङ’ को तयारी


378
Shares

काठमाडौैं । माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसको उद्धारका खटिएको टीम सुरङभित्र प्वाल पारेर प्रवेश गरेको छ ।

उद्धार टोलीले आज दिउँसो २ बजे सुरुङको मुख्य भाग (क्राउन हेड) मा पुगेर २ फिट चौडाइ र ३ फिट लम्बाइको प्वाल बनाउन सफल भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

उक्त प्वालबाट उद्धारकर्मीहरू डोरीको सहायताले सुरुङको तल्लो भागसम्म पुगेका थिए । तर, भित्र पसेर बारम्बार आवाज दिँदा र बोलाउँदा पनि भित्रबाट कुनै प्रतिक्रिया नआएको उद्धारमा संलग्न अधिकारीहरूले बताएका छन् ।

भित्रबाट कुनै प्रतिक्रिया नआएपछि अहिले प्वाललाई थप फराकिलो बनाउन र भित्रको अवरोध हटाउन ठूला उपकरणहरू परिचालन गरिनुका साथै ब्लास्टिङ गर्ने तयारी भइरहेको छ ।

त्यहाँ उद्धारमा इन्जिनियरसहित ६६ जना सेना, तालिमप्राप्त कुकुरसहित १८ जना एपीएफ, ६ जना प्रहरी गरी ९० जना खटिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्