
काठमाडौं । नेपाली कांग्रेसले रसुवा बाढी प्रभावितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा १ करोड जम्मा गर्ने भएको छ ।
पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको बैठकपछि जानकारी दिँदै प्रवक्ता देवराज चालिसेले एक करोड रूपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय भएको बताए ।
प्रवक्ता चालिसेले पीडितलाई दिने राहतलाई प्रभावकारी बनाउन स्थानीय तहलाई जिम्मेवारी दिने कुरामा ध्यान दिनुपर्ने भन्दै पीडितसम्म तत्कालै राहत पु¥याउन आग्रह गरे ।















