
काठमाडौं । गत बुधबार रसुवाको भोटेकोसी हुँदै त्रिशुलीमा आएको बाढीले बगाएका ७८८ जनाको शव भेटिएको छ ।
नेपाल प्रहरीका अनुसार, शनिबार दिउँसो ३ बजेसम्म नदी किनारका विभिन्न स्थानमा ७८८ जनाको शव भेटिएको हो । सबैभन्दा बढी चितवनमा २६४ जनाको शव भेटिएको छ ।
त्यस्तै, रसुवामा १३, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी पूर्वमा १९४, नुवाकोटमा ५२, तनहुँमा ३७ र नवलपरासी पश्चिममा १२० जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीलगायत सुरक्षा निकाय खोज तथा उद्धारमा परिचालन भइरहेका छन् । हालसम्म दुई हजार ७६२ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।















