Logo
Logo

मालवस्तु बोकेका कन्टेनर कोरलानाकातर्फ ‘डाईभर्ट’ हुन थाले


567
Shares

काठमाडौं । रसुवागढी-केरुङतर्फबाट पैठारी गरिने मालवस्तु र कन्टेनर धमाधम मुस्ताङको कोरलानाकातर्फ ‘डाईभर्ट’हुन थालेका छन् ।

The current image has no alternative text. The file name is: korela.jpg

नेपाल९चीनबीचको (रसुवागढी-केरुङ) नाका विनासकारी बाढीका कारण पूर्ण रूपमा क्षति भएसँगै कोरलाना मार्फत् मालवस्तु र कन्टेनरहरू आउन थालेका हुन् । 

मुस्ताङको जोमसोमस्थित सशस्त्र प्रहरीको चेकपोष्टबाट आइतबार साँझ ६६ मालवाहक कन्टेनरको विवरण सङ्कलन गरिएको छ ।

शस्त्र प्रहरीको जोमसोम चेकपोस्टले रसुवागढी नाका पूर्ण रूपमा बन्द भएपछि कोरलानाकातर्फ मालवस्तु पैठारी गर्ने कन्टेनरको सङ्ख्या वृद्धि भइरहेको जनाएको छ ।

कोरलानाकालाई वैकल्पिक नाका रूपमा सरकारले सञ्चालनमा ल्याएपछि कोरलास्थित मुस्ताङ भन्सार कार्यालय आव २०८२ र०८३ मा रु छ अर्ब ९२ करोड राजस्व सङ्कलन गरेको थियो ।  

यसैगरी, चालु आवको पहिलो साउन महिनामा रु २९ करोड राजस्व सङ्कलन गरेको थियो । मुस्ताङ भन्सार कार्यालयमा हाल १८ जनाको दरबन्दी रहेपछि १२ जना मात्रै कर्मचारी कार्यरत रहेको मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्