Logo
Logo

गृहमन्त्री त्रिशूली-३ ‘ए’ आयोजना स्थल जाँदै


126
Shares

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ रसुवास्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना पुग्दै छन् ।

गृहमन्त्री गुरुङ सुरुङको मुख खुलाउन चाहिने आवश्यक उपकरणसहित त्यहाँ पुग्दै छन् । यस आयोजनामा ४२ जना सम्पर्कविहीन छन् । गृहमन्त्री गुरुङ ‘ब्रेकर’सहित आयोजनास्थलतर्फ अघि बढिरहेका छन् ।

गृहमन्त्रीसँगै भारतीय उद्धार टोली पनि घटनास्थल पुग्दै छ । स्थलगत जानकारीअनुसार, उद्धार टोली मुख्य पहुँच सुरुङको ‘क्राउन’ भागसम्म पुगेको छ ।

त्यहाँबाट सुरुङभित्र प्रवेश गर्न अवरोध भत्काउने प्रयास भइरहेको भए पनि अहिलेसम्म पूर्णरूपमा भत्काउन सकिएको छैन ।
सुरुङभित्र प्रवेश गरी थुनिएका व्यक्तिसम्म पुग्न अवरोध तोडेर प्रवेशमार्ग खोल्न थप उपकरण र प्राविधिक सहयोग आवश्यक परेको छ ।

यही काममा सहयोग गर्न गृहमन्त्री गुरुङ उपकरणसहित भारतीय उद्धार टोलीसहित घटनास्थल पुग्न लागेका छन् ।
सुरुङभित्र छिर्न नै उद्धारकर्तालाई सकस परिरहेको छ । ब्लास्टिङ गर्दासमेत अवरोध हट्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्