Logo
Logo

जिरोङमा थप पानी पर्ने सम्भावना, तालमा पानीको सतह बढ्न सक्ने चेतावनी


504
Shares

काठमाडौं । चीनको मौसम विज्ञान प्रशासनले सोमबार जिरोङ क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेको जनाएको छ । साथै, विपद्बाट प्रभावित जिरोङ बन्दरगाहतर्फ जाने सडकमा सतह चिप्लो हुने भन्दै सावधानी अपनाउन चेतावनी दिएको छ ।

मौसम पूर्वानुमानअनुसार तापक्रम ४६ डिग्री फरेनहाइट (करिब ८ डिग्री सेल्सियस) सम्म झर्न सक्नेछ । दिन र रातको तापक्रममा ठूलो अन्तर हुने तथा मौसम ओसिलो र चिसो महसुस हुन सक्ने जनाइएको छ ।

दक्षिणपूर्वी तिब्बतका केही क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुन सक्ने पनि प्रशासनले जनाएको छ । गत बुधबार गएको पहिरोबाट बनेको ताल (ब्यारियर लेक) मा पानीको सतह थप बढ्न सक्ने चेतावनीसमेत दिइएको छ ।

तालको पानी भरिएर बाहिर निस्कँदा थप विपद् निम्तिन सक्ने जोखिमका कारण चीनले यसअघि उद्धार अभियानसमेत केही समयका लागि स्थगित गरेको थियो । थप वर्षाको सम्भावनाले उद्धार तथा राहत अभियानमा थप चुनौती उत्पन्न हुन सक्ने चिन्ता बढेको छ ।

भदौ १० गते बिहान एक्कासी रसुवाको भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढीले ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस्