Logo
Logo

तल्लो तहसम्म सर्वदलीय संयन्त्र बनाउने सहमति


693
Shares

काठमाडौं । सर्वदलीय बैठकमा बाढी प्रभावितको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि सर्वदलीय संयन्त्रलाई तल्लो तहसम्म गठन गर्ने सहमति जुटेको छ ।

सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमालेको नेता प्रदीप ज्ञवालीले केन्द्रदेखि स्थानीय तहमा राजनीतिक संयन्त्र गठन गर्ने सहमति जुटेको बताए ।

उनले भने, ‘केन्द्रमा हामीले जसरी सर्वदलीय संयन्त्र बनाएर छलफल गरिरहेका छौँ त्यसैगरी नै प्रदेश, जिल्ला र स्थानीय तहसम्म सर्वदलीय संयन्त्र बनाएर जाने कुरा भएको छ ।’

पालिकामा पालिका अध्यक्ष, प्रदेश मुख्यमन्त्रीको नेतृत्वमा संयन्त्र बनाएर जान सरकारलाई सुझाव दिएको बताए । उनले सर्वदलीय बैठक प्रधानमन्त्रीले राख्नु राम्रो हुने भए पनि रास्वपाले पहल गरेको बताए । सर्वदलीय बैठकका लागि सरकारले चासो लिनुपर्ने उनको भनाइ छ ।

केन्द्रमा रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीति संयन्त्र बनेजस्तै बागमती प्रदेश, बाढी प्रभावित जिल्ला र पालिकामा राजनीतिक संयन्त्र बनाउने सहमति भएको रास्वपा प्रवक्ता जगदीश खरेलले बताए । यस्ता संयन्त्रले सरकारलाई उद्धार, राहत र पुनर्निर्माणसम्म संयन्त्रले काम गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्