Logo
Logo

उपहार विजेता छनोट कार्यक्रम स्थगित


0
Shares

काठमाडौं । भदौ १० गते रसुवाकमो भोटकोशी हुँदै त्रिशुलीमा आएको बाढीका कारण सरकारले यस पटकको करदाता उपहार कार्यक्रम स्थगित गरेको छ ।

चालु आर्थिक वर्ष लागेसँगै सरकारले हरेक १५/१५ दिनमा १/१ जनालाई बम्पर उपहार स्वरूप १० लाख र हरेक दिन १/१ जनालाई १ लाख दिने गरी यो कार्यक्रम सुरु गरेको थियो । सरकारले भदौ महिनाको पहिलो १५ दिनको उपहार कार्यक्रम आज स्थगित गरेको छ ।

उक्त कार्यक्रम तथा आगामी पाक्षिक अवधिको उपहार विजेता छनोट कार्यक्रम २०८३ असोज १ गते भदौ महिनाभरको खरिद बिजकको कुपनहरूको दैनिक तथा बम्पर उपहारका विजेता छनोट गरिने आन्तरिक राजस्व विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्