Logo
Logo

सुदन किराती समूहसहित आज श्रम संस्कृतिको बैठक बस्दै


378
Shares

काठमाडौं । श्रम संस्कृति पार्टीको सुदन किराती समूहसहितको संयुक्त बैठक आज बस्दैछ । मंगलबार बसेको किराती समूहबाहेकको बैठकले पूर्वमन्त्री सुदन किरातीलाई आज औपचारिक रुपमा स्वागत गर्ने निर्णय गरेको थियो । यसपछि किरातीले पनि यसलाई सकारात्मक रुपमा लिँदै सबैलाई बैठकमा उपस्थित हुन निर्देशन दिएका छन् ।

अध्यक्ष हर्क साम्पाङको नेतृत्वमा मंगलबार बसेको बैठकले आज औपचारिक रुपमा सुदन समूहलाई स्वागत गर्ने निर्णय गरेको व्यहोरा सहितको पत्र सुदन समूहलाई पठाएको छ । निम्तोपछि सुदनले फेसबुकमा लेख्दै भनेका छन्, ‘काम गर्दै जाँदा भूल, गल्ती र कमजोरी हुन सक्छन् तर त्यसमा खराब नियत नै छ भन्नु हुँदैन ।’

उनले देश शोक र संकटको घडीमा भएकाले यस्तो संवेदनशील समयमा सबै अझ बढी जिम्मेवार, संयमित र एकताबद्ध हुन रहेको बताएका छन् । उनले भनेका छन्, ‘देश र संस्थाभन्दा व्यक्ति वा समूह ठूलो हुन सक्दैन । त्यसैले सबै व्यक्तिगत आग्रह–पूर्वाग्रहभन्दा माथि उठ्नै पर्छ ।’

उनले बैठकमा सबैको उपस्थितिका लागि अनुरोध गरेका छन् र आम पार्टीपंक्तिलाई कुनै पनि प्रकारको भ्रममा नपर्न अपिल गरेका छन् । चार महिनाअघि किराती वरिष्ठ नेता बन्ने गरी श्रम संस्कृतिसँग एकता भएको थियो । किराती समूहबाट एकजना उपाध्यक्ष, एक सचिव र १५ जना केन्द्रीय सदस्य सहित १८ जना पार्टी एकतामा समावेश भएका छन् । आज सबैलाई बैठकमा आउन किरातीले भनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्