
काठमाडौं । रसुवास्थित भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीमा परेका १ हजार १ सय २७ जनाको शव फेला परेको छ । बुधबार बिहान ५ रसुवामा ४५, नुवाकोटमा १ सय ५५, धादिङमा ५९, चितवनमा ३ सय ४८, गोरखामा ६६, तनहुँमा ३८, नवलपरासी पूर्वमा २ सय १७, नवलपरासी पश्चिम १ सय ९० र भारतमा ९ जना गरी १ हजार १ सय २७ जनाको शव फेला परेको हो ।
नेपाल प्रहरीका अनुसार फेला परेको शवहरू मध्ये १ हजार १ सय १३ को जाँच मुचुल्का सम्पन्न भएको छ भने ९५ वटा शव आफन्तलाई हस्तान्तरण गरिएको छ । साथै, पहिचान नभएको ९ सय ११ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय १२ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । बाढी प्रभावित क्षेत्रहरूबाट ६ हजार ५ सय ४१ जनाको उद्दार गरिएको छ भने हालसम्म बेपत्ता भएका ४ हजार ८ सय ५८ जनाको खोजी कार्य भइरहेको छ ।














