Logo
Logo

नेपालका लागि भारतले पठायो पाँचौँ खेपको सहयोग


126
Shares

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशुलीमा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार तथा राहतलाई सहयोग गर्न भारतले पाँचौँ लटको सहयोग पठाएको छ ।

भारतीय विदेशमन्त्री डा. एस जयशंकरले बुधबार बिहान सामाजिक सञ्जालमार्फत पाँचौं खेपको सहयोग विमानमार्फत नेपाल पठाएको जानकारी दिएका हुन् ।

उनले उद्धार तथा खोजीका लागि विशेष उपकरणसहित ११ जनाको उद्धार टोली र ५.५ टन अत्यावश्यक औषधिक लिएर विमान नेपालतर्फ प्रस्थान गरेको जानकारी दिए ।

यसअघि १४ भदौमा भारतले बाढी प्रभावितका लागि ११ टन राहत सामग्री र प्राविधिक टोलीसहितको चौथो विमान नेपाल पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्