Logo
Logo

पेट्रोलियम पदार्थको मूल्य तत्काल नबढाउने निर्णय, १५ दिनमा १ अर्ब २४ करोड घाटा हुने दाबी


0
Shares

काठमाडौं । नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आए पनि सर्वसाधारणका लागि इन्धनको बिक्री मूल्य तत्काल नबढाउने निर्णय गरेको छ । भोटेकोसी नदीमा आएको असाधारण बाढीका कारण उत्पन्न विषम परिस्थितिलाई ध्यानमा राख्दै निगम सञ्चालक समितिले मूल्य यथावत् राख्ने निर्णय लिएको हो ।

इन्डियन आयल कर्पोरेसनबाट भदौ १५ गते प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा प्रति लिटर ३ .३४, डिजेलमा ४.३३, मट्टितेलमा १०.१९, हवाई इन्धनमा ४.९६ र एलपी ग्यासमा प्रति सिलिन्डर ३५.६२ ले मूल्य वृद्धि भएर आएको थियो ।

यद्यपि, बाढीपहिरोका कारण नागरिकले भोग्नुपरेको असहज परिस्थितिलाई मध्यनजर गर्दै निगमले भदौ १७ गते बिहान १२ः०१ बजेदेखि लागू हुने गरी साबिककै खुद्रा बिक्री मूल्य कायम राखेको छ । पोखरा र भैरहवाका लागि भने अन्तर्राष्ट्रिय हवाई इन्धन ‘ब्रेकइभेन पोइन्ट’ मा बिक्री गरिने जनाइएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढे पनि सर्वसाधारणको सुविधाका लागि बिक्री मूल्य नबढाउँदा निगमलाई आगामी १५ दिनमा करिब १ अर्ब २४ करोड ५७ लाख घाटा हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्