Logo
Logo

कुकुरसहित ११ सदस्यीय कोरियाली टोली नेपाल आइपुग्यो


630
Shares

file photo

काठमाडौं । दक्षिण कोरियाली विपद् राहत टोली नेपाल आइपुगेको छ । भदौ १० गतेको विनाशकारी बाढीबाट प्रभावितको खोज तथा उद्धारका लागि ११ जनाको कोरियाली विपद् राहत टोली (केडीआरटी) बुधबार बिहान नेपाल आइपुगेको हो ।

नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतका अनुसार कोरियन विमानमार्फत नेपाल आएका उनीहरूले खोज तथा उद्धारका लागि प्रयोग हुने उपकरण तथा कुकुरहरू समेत साथमा ल्याएका छन् । उनीहरू आजै बाढी प्रभावित क्षेत्र जानेछन् । यसअघि पनि ४ जनाको सानो कोरियन टोली नेपाल आइसकेको छ । उनीहरू बाढी प्रभावित क्षेत्रमा खटिसकेका छन् ।

कोरियन उद्धार टोलीसँगै नेपाली सेनाको टोली पनि एक साथ खोज तथा उद्धारमा खटिने बस्नेतले बताए । १० भदौमा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा ९ जना कोरियाली नागरिक समेत सम्पर्कविहीन छन् भने ठूलो मात्र धनजनको क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस्