Logo
Logo

अमेरिका र इरानबीच फेरि हानाहान


378
Shares

एजेन्सी । अमेरिका र इरानबिच फेरि सैन्य द्वन्द्व चर्किएको छ । गएराति अमेरिकाले पुनः आक्रमण गरेपछि इरानले पनि जवाफी हमला गरेको हो । अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार अमेरिकी सेनाले मंगलबार इरानमा पुनः आक्रमण सुरु गरेको हो ।

सेन्टकमले भनेको छ, ‘इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) ले हर्मुज जलमार्गमा व्यावसायिक जहाजहरूमा आक्रमण प्रयास गरेपछि अमेरिकाले हमला गरेको हो ।

अमेरिकी क्षेप्यास्त्र आक्रमणबाट निस्केको छर्रा दक्षिणी इरानको सिरिकस्थित विवाह समारोह भइरहेको घरमा लाग्दा बच्चासहित चार जनाको मृत्यु भएको र ५० भन्दा बढी घाइते भएको इरानी रेड क्रेसेन्टले जनाएको छ ।

त्यसको जवाफमा इरानले पनि इराक र जोर्डनमा रहेका अमेरिकी सैन्य अड्डामा आक्रमण गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । कुवेत र बहराइनमा पनि आक्रमण गरिएको रिपोर्ट आएका छन्।

प्रतिक्रिया दिनुहोस्