Logo
Logo

आज प्रतिनिधि सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेन


378
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज बस्ने प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री बालेनले १० भदौमा आएको विनाशकारी भोटेकोशी बाढीका सम्बन्धमा आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकलाई जानकारी दिने भएका हुन् ।

सत्तारुढ रास्वपाका सचेतक प्रकाशचन्द्र परियारले प्रतिनिधि सभाको आज बस्ने बैठकमा प्रधानमन्त्री शाहले सम्बोधन गर्ने जानकारी दिए ।

१० गते बसेर अनिश्चितकालका लागि स्थगित भएको बैठक आज बस्न लागेको हो । प्रतिनिधिसभा बैठकमा भोटेकोशी बाढीका सम्बन्धमा सभामुख डीपी अर्यालले विशेष प्रस्ताव पेस गर्ने र त्यसमाथि दलका नेताहरूले धारणा राख्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्