Logo
Logo

सुरुङ उद्धारमा तीन देशका विशेषज्ञ टोली परिचालन : प्रधानमन्त्री


378
Shares

काठमाडौं । प्रधानमन्त्री वालेन शाहले भोटेकोशी बाढीपछि जलविद्युत् आयोजनामा सम्पर्कविहीन कर्मचारी तथा मजदूरको खोजीका लागि तीन देशको विशेषज्ञ टोली परिचालन भइरहेको बताएका छन्।

बुधबार प्रतिनिधि सभाको बैठकमा भोटेकोसी बाढी जानकारी दिँदै उनले विभिन्न जलविद्युत आयोजनाको सुरुङमा उद्धार जारी रहेको बताएका हुन् । उनले भने, ‘सुरुङमा सम्पर्कविहीन भएका मानिसको खोजीका लागि भारतीय, चिनियाँ र कोरियन टोली परिचालन भइरहेको छ ।’

भोटेकोशी बाढीले ११ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । केही जलविद्युत् आयोजना सञ्चालन गर्न ठूलो खर्च लाग्ने देखिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्