Logo
Logo

संसदमा बालेन- शरीर थकित हुँदा पनि विश्राम लिने छुट छैन


189
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीपछि रसुवा, नुवाकोट, धादिङको मात्र नभई सिङ्गो नेपालको छातीमा बज्रपात गरेको बताएका छन् । प्रतिनिधि सभा बैठकमा रसुवा बाढीबारे जानकारी दिँदै उनले मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय नभएको बताए ।

उनले घाइते शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आफ्नो मान्छे अझै फेला नपरेर बाटो हेरिरहनु भएका नागरिकहरूको पीडा गहिरो महसुस गरेको बताए ।

उनले भने, ‘यो पीडा रसुवा, नुवाकोट वा धादिङको मात्र होइन, यो सिङ्गो नेपालको छातीमा परेको साझा बज्रपात हो। तर यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैन । मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन ।’

सङ्कटको घडीमा देशको नेतृत्वले आँसु नभई जनतालाई हिम्मत, आड, भरोसा दिनुपर्ने यथार्थलाई स्वीकार गरेको बताए । ‘दृढ सङ्कल्प, साहसका साथ यो विपत्तिमा लड्नुको हामीसँग अर्को विकल्प छैन र थिएन । हामी लडिरहेका छौँ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्