Logo
Logo

संसद् बैठकमै लडे कांग्रेस सांसद खड्का


756
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद भरत खड्का संसद बैठक चलिरहेककै बेला लडेका छन् ।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा रास्वपाका सांसद सोम शर्मा बोल्दै गर्दा कांग्रेस सांसद खड्का आफ्नै कुर्सीमा बसिरहेका बेला एकाएक लडेका हुन् ।

उनी लडेपछि कांग्रेस सांसदहरू उठाउन दौडिएका थिए । त्यसपछि सभामुख डोलप्रसाद अर्यालले सांसद शर्मालाई बोल्दाबोल्दै रोकेका थिए ।

उनको संसद भवनमै रहेको स्वास्थ्य इकाइमा उपचारपश्चात अस्पताल पठाइएको संसद भवनमा रहेका एमालेका प्रमुख सचेतक ऐन महरले जानकारी दिए । डोटीबाट निर्वाचित सांसद खड्का ब्लड प्रेसर हाई भएर लडेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्